मनहरी गाउँपालिका ठाडोखोला दोबानमा आजदेखि बाटो सरसफाई अभियान सुरु

मनहरी, भदौ ३१ गते । मनहरी-२ स्थित ठाडोखोला दोभानमा आजदेखि बाटो सरसफाइ अभियान सुरु भएको छ । स्थानीय युवाहरूको सक्रियतामा उक्त अभियान सुरु भएको हो ।

स्थानीय युवा सुर्य बहादुर गोलेको पहलमा म्हेन्दो टोल विकास संस्था अन्तर्गत पर्ने बुद्धचोकदेखि दोभान हुँदै गोगनघारी पुग्ने बाटोमा सरसफाइ गरेको हो । अभियानमा टोल विकास संस्थाका अध्यक्ष बलिराज गोङ्बा सहित सबै टोलबासीको उपस्थिति रहेको छ । सरसफाइ गर्ने क्रममा खोलानिर पर्ने स्ल्याबरोडमा रहेको चिप्लो लेउ हटाउने तथा बाटो छेउको झारपात फाँड्ने काम भएको छ ।

वर्षयामको कारण सडक छेउछाउमा भएको झाडी तथा झारपात फाँडी बाटो सफा गरेका हुन् । नेपालीहरुको महान चाडपर्व दशै तिहार नजिकिए सँगै बाटोमा सवारी साधन तथा मान्छेको आवतजावत बढी हुने भएकाले यात्र सहज होस् र बाटो सफा देखियोस भन्ने उद्देश्यले स्थानियले सरसफाइ गरेका हुन् । सदाझैँ पालिकाबाट बाटो सरसफाइका लागि जेसिबी आउने कि न आउने एकिन नभएकाले तत्कालका लागि स्थानीयले बाटो सरसफाइ अभियान चलाएको हो । विशेषत विद्यालय आउनेजाने विद्यार्थीहरु भाइबहिनीलाई काँसघारी र झाडिको कारण हुने असहजता र कठिनाइलाई मध्यनजर गर्दै सरसफाइ गरेका हुन् ।

पानी परेको बेला बाटोमा हिन्दा भिज्ने, चिप्लो बाटोमा बाइक तथा स्कुटी ढल्ने र झट्ट हेर्दा घारी देखिने हुनाले स्थानीय मिलेर बाटो सरसफाइ हरेका हुन् । बाँकी बाटोमा भोलि पनि सरसफाइ गर्ने भएको छ । अभियानमा उपस्थित सम्पूर्ण टोलबासिलाई धन्यवाद दिँदै अझै अरु सामाजिक कार्यमा एकताबद्ध भइ जुट्न समाजसेवी सुर्य बहादुर गोलेले अनुरोध गरेका छन् ।
जेसि

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.