२०८२ भाद्र ३१, मंगलवार २३:१०
२०८२ भाद्र ३१, मंगलवार २३:१०
काठमाडौं, भदौ ३१ गते । तराई पोस्टका पत्रकार वसन्त लामामाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार बिहान बाराको निजगढ नगरपालिका–१ स्थित बनस्थली हाट बजार नजिकै मोटरसाइकलमा आएका एक समूहले पत्रकार लामामाथि कुटपिट गर्दा शरीरका विभिन्न भागमा चोटपटक पुगेको महासंघले जनाएको छ। महासंघले लामाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, "आन्दोलनको क्रममा काट तस्करी बढेको आशयको समाचार प्रकाशन गरेको विषयलाई लिएर आक्रमण भएको भन्ने आशंका गरिएको छ।" समाचारप्रतिको असहमति विभिन्न माध्यमबाट व्यक्त गर्न सकिने भए पनि पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथि ठाडो उल्लंघन भएको महासंघले स्पष्ट पारेको छ। महासंघले घटनाको…