शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा सुधारका लागि मन्त्री महावीर पुनले मागे नागरिकका ठोस सुझाव

काठमाडौं, अशोज १० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले मन्त्रालयभित्र छोटो समयमा गर्न सकिने कामलाई प्रभावकारी बनाउन नागरिकसँग सुझाव मागेका छन्।

मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमार्फत् उल्लेख गरेको स्टाटसमा मन्त्रालयका विभिन्न महाशाखाले प्रदान गर्दै आएका सेवाहरूलाई चुस्त-दुरुस्त बनाउन तथा सुधारात्मक कदम चाल्न सकिने ठोस र संक्षिप्त सुझावहरू दिन आग्रह गरेका छन्।

“शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा छोटो समयमा अध्यादेश नल्याइकन गर्न सकिने ठोस कामहरू तथा मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखाहरूमा दिइने सेवाहरू चुस्त-दुरुस्त गर्न सक्ने सृजनशील कदमहरूको ठोस र संक्षिप्त सुझाव दिन चाहनेले एक पेजमा नबढाई तलको इमेलमा पठाउन होला,” मन्त्री पुनले भनेका छन्।

सुझाव दिने इच्छुकले mahabir@moest.gov.np मा पठाउन सक्ने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.