मकवानपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पदभार ग्रहण गरे

मकवानपुर, कार्तिक १७ गते । मकवानपुर जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा बसन्त अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनले मकवानपुरका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन्।

यसअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत स्किम श्रेष्ठको सिन्धुली जिल्लामा सरुवा भएपछि अधिकारीले रिक्त रहेको स्थानमा जिम्मेवारी पाएका हुन्। श्रेष्ठले २०८१ साल फागुन १५ गतेदेखि मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्य गर्दै आएका थिए।

सरुवा भई गएका श्रेष्ठको स्थानमा आएका अधिकारीले पदभार ग्रहणसँगै जिल्लाको प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.