मकवानपुर, मंसिर २३ गते । मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित बागमती गाउँपालिकामा जेन–जीले ४० सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा गठन गरेको छ। जेन–जी मकवानपुरका संयोजक सुविन खत्रीका अनुसार भदौ २३ र २४ गतेदेखि देशभर अन्याय, भ्रष्टाचार र व्यथिति विरुद्ध सक्रिय रहेका युवाहरूलाई संगठित गर्ने उद्देश्यले स्थानीय युवासँगको विस्तृत छलफलपछि नयाँ समिति विस्तार गरिएको हो।

नवगठित समितिको संयोजकमा सचिन थापा मगर चयन भएका छन् भने सचिवमा रमेश थोकर नियुक्त भएका छन्। त्यस्तै कोषाध्यक्षमा उमेश लामा जिम्मेवारी पाएका छन्। समितिमा अन्य ३७ जना सदस्यसमेत चयन गरिएको खत्रीले जानकारी दिए।
कार्यसमितिमा बिरबल राई, बाशु राई, निर्मल राई, नवराज राई, धनबहादुर भोलन, अदिप श्रेष्ठ, नविन भोलन र धर्मराज भोलनलगायतका युवाहरू समावेश छन्। जेन–जीले युवा नेतृत्व विकास र सामाजिक परिवर्तनका अभियानलाई बागमती क्षेत्रमै सशक्त रूपमा अघि बढाउने बताइएको छ।














