मकवानपुरमा अबैध नदीजन्य पदार्थ उत्खननमा संलग्न १३ ट्याक्टर नियन्त्रण

हेटौँडा, मंसिर २४ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा अबैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गर्दै गरेका १३ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको छ।

मंगलबार गरिएको अभियानका क्रममा ढुंगा–बालुवा जस्ता नदीजन्य पदार्थ अनधिकृत रूपमा उत्खनन तथा ढुवानी भइरहेको सूचनाको आधारमा गरिएको चेकजाँचमा तल उल्लेखित नंम्बरका ट्याक्टर नियन्त्रणमा लिइए:

१. ना.५ त ७१८६
२. प्रदेश २–०३–००१ त ४१०८
३. ना.६ त ३५६६
४. ना.६ त ९८९९
५. ना.७ त १३३
६. ना.४ त ४०४९
७. प्र २–०३–००१ त ६४८०
८. बा.प्र.०३–००१ त ३९९
९. ना.७ त २०६४
१०. ना.३ त १४७५
११. बा.प्र.०३–००१ त ४७४
१२. बा.प्र.०३–००१ त ४४४
१३. प्र.२–०३–००१ त ६७६८

प्रहरीका अनुसार जिल्लामा अनधिकृत उत्खनन र ढुवानी नियन्त्रण गर्न नियमित अनुगमन र चेकजाँच कडाइका साथ जारी राखिएको छ। नियन्त्रणमा परेका सवारी साधन तथा संलग्न व्यक्तिमाथि सम्बन्धित स्थानीय तहमार्फत कानूनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.