बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

हेटौंडा, मंसिर २९ गते । हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन स्थलमा बर्सेनि दोहोरिँदै आएको आगलागीलाई लिएर उपमहानगरपालिकाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत आगलागी कुनै आकस्मिक नभई नियोजित भएको दाबी गर्दै जनस्वास्थ्य र वातावरणमाथि भएको खुला आक्रमणको विरोध गर्न आह्वान गरेका छन्।

उनले आफ्नो स्टाटसमा “फोहोर व्यवस्थापनको जिम्मेवारी कस्को?”, “जनताको करबाट सञ्चालन हुने प्रणालीले किन जनतामाथि धुवाँ र विषालु ग्यास थोपर्छ?” र “कानून छ कि छैन?” जस्ता प्रश्न उठाउँदै उपमहानगरपालिकाको मौनताप्रति आपत्ति जनाएका छन्।

महतका अनुसार डम्पिङ साइटमा बारम्बार हुने आगलागीले आसपासका बस्तीमा धुवाँ, दुर्गन्ध र विषालु ग्यास फैलिँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको छ भने वातावरणमा दीर्घकालीन क्षति पुगेको छ। यसप्रति सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने उनको माग छ।

आगलागीविरुद्ध आवाज उठाउन आज दिउँसो १२:३० बजे हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा सचेत नागरिक, नागरिक अगुवा तथा नगरबासीलाई उपस्थित भई शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी हुन महतले हार्दिक अनुरोध गरेका छन्।

स्थानीय तहको दिगो फोहोर व्यवस्थापन नीति, पारदर्शिता र जवाफदेहिताको माग गर्दै कार्यक्रम आयोजना हुन लागेको आयोजकहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.