Day: २०८२ मंसिर २९, सोमबार २२:२०

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

हेटौंडा, मंसिर २९ गते । मनहरी । नेपाल कम्युनिस्ट पार्टी माओवादीका पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति नेपाल कम्युनिस्ट पार्टी माओवादी मनहरी गाउँपालिका समिति मकवानपुरले गहिरो दुःख व्यक्त गरेको छ। मनहरी गाउँपालिका–३ डोठे निवासी बुवा भीमबहादुर थोकर र आमा मनमाया थोकरका सुपुत्र सानो कान्छा थोकरको जन्म २०५५ साल जेठ १६ गते भएको थियो भने २०८२ साल मङ्सिर १२ गते अल्पायमै उनको निधन भएको हो। उनको निधनको खबरले सम्पूर्ण पार्टी पंक्ति मर्माहित भएको माओवादी पार्टीले जनाएको छ। यस दुःखद घडीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी मनहरी गाउँपालिका समितिले मृतक थोकरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको…
Read More
हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन र बर्सेनि दोहोरिने आगलागीको विरोधमा मौन सांकेतिक आन्दोलन

हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन र बर्सेनि दोहोरिने आगलागीको विरोधमा मौन सांकेतिक आन्दोलन

हेटौंडा, मंसिर २९ गते । सेवा, सहयोग र आवासमा हामीका अध्यक्ष विशालराज महतले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन स्थलमा बर्सेनि दोहोरिँदै आएको आगलागी र अव्यवस्थित फोहोर व्यवस्थापनको विरोधमा आज उपमहानगरपालिकाको प्राङ्गणमा सांकेतिक तवरबाट मौन विरोध प्रदर्शन गरेका छन्। अध्यक्ष महतले सामाजिक सञ्जालमार्फत दिइएको समयअनुसार १२:३० बजेबाट सुरु हुने भनिएको सांकेतिक विरोध सभा केही ढिलो भए पनि दिउँसो १ बजेदेखि सुरु भएको थियो। विरोध सभा नगरपालिकाको प्राङ्गणमा केही घण्टासम्म मौन रुपमा निरन्तर जारी रह्यो। यसबारे नगर प्रहरीमार्फत नगरप्रमुखलाई जानकारी गराइए पनि नगरप्रमुख लामो समयसम्म पनि विरोधस्थलमा उपस्थित नभएपछि आन्दोलनकारीहरू असन्तुष्ट बने। नगरप्रमुखको कुनै प्रतिक्रिया नआएपछि आन्दोलनकारीहरूले मौन आन्दोलनलाई आवाजसहितको विरोधमा परिणत गर्दै…
Read More
मनहरीको जंगलमा सिकार खेल्दा दुर्घटना, भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो

मनहरीको जंगलमा सिकार खेल्दा दुर्घटना, भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो

मनहरी, मंसिर २९ गते । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेपखेरा जंगलमा सिकार खेल्न गएका दुई साथीमध्ये एक जनाको भरुवा बन्दुक पड्किँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त दुर्घटनामा मनहरी–६ बालभन्ज्याङका ५० वर्षीय सेतेलाल थिङको घटनास्थलमै ज्यान गएको हो। आइतबार दिउँसो थिङ र राक्सिराङ गाउँपालिका–८ का ४५ वर्षीय गोपाल ब्लोन सिकार खेल्ने उद्देश्यले जंगलतर्फ गएका थिए। प्रहरीका अनुसार दुवै जना आ–आफ्नो भरुवा बन्दुक बोकेर हिँडिरहेका बेला अगाडि रहेका ब्लोन लहरोमा अल्झिएर लडेका थिए। सोही क्रममा उनको बन्दुक अचानक पड्किँदा पछाडि रहेका थिङलाई गोली लाग्न गई गम्भीर घाइते भएका थिङको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दिउँसो करिब २ बजेतिर…
Read More
बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

बर्सेनि आगलागी, उपमहानगर किन मौन ?” — हेटौंडा डम्पिङ आगलागीविरुद्ध १२:३० बजे नगरपालिकामा विरोध कार्यक्रम

हेटौंडा, मंसिर २९ गते । हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन स्थलमा बर्सेनि दोहोरिँदै आएको आगलागीलाई लिएर उपमहानगरपालिकाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत आगलागी कुनै आकस्मिक नभई नियोजित भएको दाबी गर्दै जनस्वास्थ्य र वातावरणमाथि भएको खुला आक्रमणको विरोध गर्न आह्वान गरेका छन्। उनले आफ्नो स्टाटसमा “फोहोर व्यवस्थापनको जिम्मेवारी कस्को?”, “जनताको करबाट सञ्चालन हुने प्रणालीले किन जनतामाथि धुवाँ र विषालु ग्यास थोपर्छ?” र “कानून छ कि छैन?” जस्ता प्रश्न उठाउँदै उपमहानगरपालिकाको मौनताप्रति आपत्ति जनाएका छन्। महतका अनुसार डम्पिङ साइटमा बारम्बार हुने आगलागीले आसपासका बस्तीमा धुवाँ, दुर्गन्ध र विषालु ग्यास फैलिँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको छ भने वातावरणमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.