मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

हेटौंडा, मंसिर २९ गते । मनहरी । नेपाल कम्युनिस्ट पार्टी माओवादीका पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति नेपाल कम्युनिस्ट पार्टी माओवादी मनहरी गाउँपालिका समिति मकवानपुरले गहिरो दुःख व्यक्त गरेको छ।

मनहरी गाउँपालिका–३ डोठे निवासी बुवा भीमबहादुर थोकर र आमा मनमाया थोकरका सुपुत्र सानो कान्छा थोकरको जन्म २०५५ साल जेठ १६ गते भएको थियो भने २०८२ साल मङ्सिर १२ गते अल्पायमै उनको निधन भएको हो। उनको निधनको खबरले सम्पूर्ण पार्टी पंक्ति मर्माहित भएको माओवादी पार्टीले जनाएको छ।

यस दुःखद घडीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी मनहरी गाउँपालिका समितिले मृतक थोकरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामसीसहित पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीले दिवंगत थोकरको योगदानको स्मरण गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मनहरीमा माओवादी पार्टी समर्थक सानो कान्छा थोकरको असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.