दृष्टिविहीन युवाहरूका लागि ‘AI साक्षरता’ कार्यक्रम सम्पन्न

​काठमाडौँ, पुस ५ गते । प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिविहीन युवाहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले काठमाडौँको सुकेधारास्थित युनिभर्सल क्याफेमा एकदिने ‘AI साक्षरता’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

​प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा युवालय र नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाकी अध्यक्ष एवं प्लान इन्टरनेशनलको ‘युथ एड्भाइजरी परिषद्’ सदस्य रोशनी अधिकारीले प्रस्तुत गरेको प्रस्ताव (Proposal) स्वीकृत भएसँगै यो विशेष कार्यक्रम सञ्चालनमा आएको हो।

​परिवर्तित विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी शैक्षिक तथा पेशागत कार्यहरूलाई सहज बनाउन र यसका सम्भावित नकारात्मक असरहरूबाट बच्ने बारे कार्यक्रम केन्द्रित थियो। ब्राह्मण, क्षेत्री, जनजाति, दलित र पिछडिएका क्षेत्रको समान प्रतिनिधित्वलाइ ध्यानमा राख्दै कार्यक्रममा ३० जना दृष्टिविहीन अपाङ्गता भएका युवाहरूलाइ सहभागि गराइएको थियो।

कार्यक्रममा प्रशिक्षकहरु शिव कुमार अग्रवाल र जल्दीप सापकोटाले सहभागीहरूलाई AI प्रविधिको आधारभूत ज्ञान र यसको प्रयोगबारे प्रशिक्षण दिएका थिए।

नेत्रहीन युवा सङ्घ नेपालका केन्द्रीय महासचिव अर्जुन बहादुर रावलले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए भने उक्त कार्यक्रमको विशेष अतिथिमा युवालयकी कार्यक्रम संयोजक पुष्पा थपलिया रहेकी थिईन्‌।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.