Day: २०८२ पुष ५, शनिबार २२:२२

दृष्टिविहीन युवाहरूका लागि ‘AI साक्षरता’ कार्यक्रम सम्पन्न

दृष्टिविहीन युवाहरूका लागि ‘AI साक्षरता’ कार्यक्रम सम्पन्न

​काठमाडौँ, पुस ५ गते । प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिविहीन युवाहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले काठमाडौँको सुकेधारास्थित युनिभर्सल क्याफेमा एकदिने 'AI साक्षरता' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ​प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा युवालय र नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाकी अध्यक्ष एवं प्लान इन्टरनेशनलको 'युथ एड्भाइजरी परिषद्' सदस्य रोशनी अधिकारीले प्रस्तुत गरेको प्रस्ताव (Proposal) स्वीकृत भएसँगै यो विशेष कार्यक्रम सञ्चालनमा आएको हो। ​परिवर्तित विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी शैक्षिक तथा पेशागत कार्यहरूलाई सहज बनाउन र यसका सम्भावित नकारात्मक असरहरूबाट बच्ने बारे कार्यक्रम केन्द्रित थियो। ब्राह्मण,…
Read More
३० भन्दा बढी जेन जि समूह एकजुट, सरकारविरुद्ध संयुक्त आन्दोलनको औपचारिक घोषणा

३० भन्दा बढी जेन जि समूह एकजुट, सरकारविरुद्ध संयुक्त आन्दोलनको औपचारिक घोषणा

काठमाडौँ, पुस ५ गते । छरिएर सक्रिय रहेका जेन जि समूहहरूलाई एउटै मोर्चामा ल्याउँदै ३० भन्दा बढी समूहले संयुक्त रूपमा सरकारविरुद्ध संघर्ष अघि बढाउने घोषणा गरेका छन्। ललितपुरको झम्सिखेलमा २०८२ साल पौष ५ गते सम्पन्न संयुक्त बैठकबाट ‘संयुक्त जेन जि आन्दोलन समिति’ गठन गर्दै आन्दोलनलाई संस्थागत रूप दिइएको हो। बैठकमा देशका विभिन्न जिल्लाबाट आएका १०० भन्दा बढी जेन जि अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने उद्देश्यले कार्यकारी समिति विस्तार गर्ने निर्णय गरेका छन्। सो क्रममा मिरज ढुंगाना, अजय सोडारी, सुनिल सिंह, विजय शाह र सुरेन्द्र…
Read More
शिवम् सिमेन्टको धुलो–धुवाँबाट बस्ती र विद्यालय प्रभावित, समाधान नहुँदासम्म संघर्ष जारी रहने चेतावनी

शिवम् सिमेन्टको धुलो–धुवाँबाट बस्ती र विद्यालय प्रभावित, समाधान नहुँदासम्म संघर्ष जारी रहने चेतावनी

हेटौंडा, पुस ५ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुलो र धुवाँका कारण आसपासका बस्ती तथा विद्यालय गम्भीर रूपमा प्रभावित भएका छन्। साना बालबालिकासहित स्थानीय बासिन्दामा श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको भन्दै स्थानीयले कडा आपत्ति जनाएका छन्। सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा उद्योगका कारण जनताको मौलिक अधिकार नै कुल्चिएको उल्लेख गरेका छन्। उनले जनताको भोटबाट निर्वाचित जनप्रतिनिधिहरू मौन बसेको र सरकार निरीह देखिएको आरोप लगाएका छन्। “मापदण्ड मिचेर उद्योग चलिरहँदा प्रश्न उठ्छ—राज्य कमजोर हो कि सेटिङ बलियो?” भन्दै महतले उद्योगप्रति राज्यको उदासीनतामाथि गम्भीर प्रश्न उठाएका छन्। समाधान नहुँदासम्म…
Read More
सहकारी ठगी प्रकरणमा रबिको संलग्नता देखिएको दाबी गर्दै माओवादी नेता राम सीको कडा आलोचना

सहकारी ठगी प्रकरणमा रबिको संलग्नता देखिएको दाबी गर्दै माओवादी नेता राम सीको कडा आलोचना

हेटौंडा, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले सहकारीमा जनताको पैसा हिनामिना गरिएको प्रकरणमा रबिको संलग्नता रहेको दाबी गर्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै नेता राम सीले सहकारी ठगी प्रकरणमा रबिको हात रहेको कुरा धरौटी बिगो दुई करोड ७४ लाख रुपैयाँले स्पष्ट देखाउने बताएका छन्। उनले रबि अझै पनि अदालतको अनुसन्धानको दायराभित्र नै रहेको उल्लेख गर्दै जेलबाट छुट्नु रबिको व्यक्तिगत जीवनका लागि सुखद भए पनि आम जनताका लागि दुःखद पक्ष भएको टिप्पणी गरेका छन्। उनले सहकारी ठगको पछाडि लाग्ने मानिसहरूको कमी नरहेको उल्लेख गर्दै देश र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.