मनहरी गाउँपालिकाद्वारा जलवायु परिवर्तन तथा प्रभावसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

मनहरी,पुस ११ गते । मनहरी गाउँपालिकाले जलवायु परिवर्तन तथा प्रभाव सम्बन्धि सचेतता कार्यक्रम सम्पन्न गरेको छ । मनहरी-१ को वडा कार्यलयमा सन्चालन गरेको कार्यक्रममा वडा नम्बर १ र २ का वन समूह, टोल, संघसंस्था र किसान प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

पालिकाको आयोजनामा भएको सचेतना कार्यक्रममा अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा जलवायुमा के कस्तो परिवर्तन भैरहेको छ ? जलवायु परिवर्तनका प्राकृतिक र मानवीय कारक तत्वहरु के-के हुन् ? यसका दीर्घकालीन असरहरु के-के हुन् ? जलवायु परिवर्तन न्यूनीकरणका उपायहरु के-के हुन सक्छ भन्ने विषयमा प्रशिक्षित गरेका छन् ।

कार्यक्रममा डिभिजन वन कार्यलय राप्ती मनहरीका वन अधिकृत समुन्द्र खनाल र रेन्जर मनोज पौडेलले प्रशिक्षित गरेका हुन् । कार्यक्रममा मनहरी-१ र २ का वन समूह, टोल, अन्य संघसंस्था र किसान प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

मनहरी-९ का वडाध्यक्ष एवम् वन, वातावरण तथा विपद व्यवस्थापन मनहरीका संयोजक राजकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी-१ का वडाध्यक्ष शिव प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.