नेकपा एमाले मकवानपुरद्वारा केन्द्रीय कमिटी सदस्य निर्वाचितहरूलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना

हेटौंडा,पुस ११ गते । हेटौडा उपमहानगरपालिका–१० का वडाध्यक्ष तथा नेकपा एमालेका नेता उपसचिव फुर्वा दोर्जे लामाले आफ्नो सामाजिक सञ्जाल मार्फत नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको आयोजनामा केन्द्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिने बारे जानकारी दिएका छन् ।

उक्त कार्यक्रम भोलि पौस १२ गते शनिवार विहान ११ बजे जिल्ला पार्टी कार्यालय मकवानपुरमा हुने बताइएको छ। कार्यक्रममा सम्पूर्ण प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी तथा जनसंगठनका केन्द्रिय कमिटी सदस्यहरू, जनसंगठनका जिल्ला अध्यक्ष र अन्य पदाधिकारीहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।

उपसचिव फुर्वा दोर्जे लामाले सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी भई बधाई तथा शुभकामना आदान–प्रदान गर्न हार्दिक आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.