हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

हेटौंडा,पुस १४ गते । बाँस तथा विभिन्न जातिका फलफूललगायत बोटबिरुवाको नर्सरी व्यवस्थापनका लागि बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकको नेतृत्वमा एक टोलीले हेटौंडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्था परिसरको जग्गा अवलोकन गरेको छ।

अवलोकनका क्रममा उक्त क्षेत्रमा करिब १० कठ्ठा जग्गा नर्सरी व्यवस्थापनका लागि उपयुक्त हुने अनुमान गरिएको छ। टोलीमा हेटौंडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वदोर्जे लामा, वन विज्ञान अध्ययन संस्थाका क्याम्पस प्रमुख डा. यमबहादुर शाही तथा सहायक प्रमुख डा. योगेन्द्र यादव सहभागी थिए।

हेटौंडाका खाली तथा सामुदायिक वन क्षेत्रको जग्गामा ठूलो मात्रामा व्यावसायिक रूपमा बाँस रोपण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले ग्रीन फाउन्डेसन नेपालले विगत केही महिनादेखि विभिन्न वडाहरूमा सम्भाव्यता अध्ययन गर्दै आएको छ।

व्यावसायिक बाँस खेतीलाई प्रवर्द्धन गर्न बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि आवश्यक बजेटको व्यवस्था समेत गरिसकेको छ। नर्सरी स्थापना भएसँगै बाँस तथा फलफूलका बिरुवा उत्पादन, रोजगारी सृजना र स्थानीय अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.