Day: २०८२ पुष १४, सोमबार २१:४१

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकता, नयाँ राजनीतिक शक्तिको औपचारिक घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकता, नयाँ राजनीतिक शक्तिको औपचारिक घोषणा

काठमाडौँ, पुस १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई मनन गर्दै समतामूलक विकास, सामाजिक न्याय र सुशासनसहितको उदार अर्थतन्त्र निर्माण गर्ने साझा उद्देश्यका साथ दुवै दल एकतामा पुगेका हुन्। सहमति अनुसार भ्रष्टाचार र कुशासनविरुद्ध नव–युवाहरू (जेन जि) ले अघि सारेको आन्दोलनको मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिक बहुलवादी प्रणालीभित्र असल शासन स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलन तथा घाइतेहरूको बलिदानलाई प्रेरणाको स्रोतका रूपमा स्मरण गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य…
Read More
हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

हेटौंडामा व्यावसायिक बाँस तथा फलफूल नर्सरी स्थापना तयारी, १० कठ्ठा जग्गा उपयुक्त

हेटौंडा,पुस १४ गते । बाँस तथा विभिन्न जातिका फलफूललगायत बोटबिरुवाको नर्सरी व्यवस्थापनका लागि बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकको नेतृत्वमा एक टोलीले हेटौंडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्था परिसरको जग्गा अवलोकन गरेको छ। अवलोकनका क्रममा उक्त क्षेत्रमा करिब १० कठ्ठा जग्गा नर्सरी व्यवस्थापनका लागि उपयुक्त हुने अनुमान गरिएको छ। टोलीमा हेटौंडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वदोर्जे लामा, वन विज्ञान अध्ययन संस्थाका क्याम्पस प्रमुख डा. यमबहादुर शाही तथा सहायक प्रमुख डा. योगेन्द्र यादव सहभागी थिए। हेटौंडाका खाली तथा सामुदायिक वन क्षेत्रको जग्गामा ठूलो मात्रामा व्यावसायिक रूपमा बाँस रोपण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले ग्रीन फाउन्डेसन नेपालले विगत केही…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरद्वारा समानुपातिक उम्मेदवार सिफारिस

हेटौंडा,पुस १४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति मकवानपुरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीको मकवानपुर जिल्ला सचिवालय बैठकको निर्णयअनुसार २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न समावेशी समूहबाट चार जनाको नाम सिफारिस गरिएको हो। सिफारिस सूचीअनुसार आदिवासी जनजाति समूहबाट डिलबहादुर थिङ (पेमा), महिलातर्फ सुशीला स्याङतान (ज्योति), खस–आर्य समूहबाट मोहन भट्टराई (भट्ट) र दलित समूहबाट रमेश सुनाम (नर ब) लाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारिएको छ। पार्टीले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ। उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको केन्द्रीय नेतृत्वबाट लगाइने बताइएको…
Read More
संरचनागत सुधारबिनाको निर्वाचन अस्वीकार्य : निर्वाचन आयोगलाई जेन जि मुभमेन्टको कडा चेतावनी

संरचनागत सुधारबिनाको निर्वाचन अस्वीकार्य : निर्वाचन आयोगलाई जेन जि मुभमेन्टको कडा चेतावनी

काठमाडौँ, पुस १४ गते । जेन जि विद्रोहका क्रममा ७६ जना नागरिकको ज्यान गएको र तीन हजारभन्दा बढी नेपाली अङ्गभङ्ग तथा गम्भीर घाइते भएको स्मरण गराउँदै जेन जि मुभमेन्ट नेपालले संरचनागत राजनीतिक सुधार नगरी अघि बढाइने कुनै पनि निर्वाचन स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएको छ। आन्दोलनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा ती बलिदानहरू केवल निर्वाचनको मिति २०८४ बाट २०८२ मा सार्ने विषयसँग सीमित नभएको उल्लेख छ। वक्तव्यमा राज्यको असफल शासन प्रणाली, विकृत निर्वाचन व्यवस्था, दण्डहीनता र जनविरोधी शासकीय संरचनाविरुद्धको ऐतिहासिक प्रतिरोधका रूपमा विद्रोह भएको दाबी गरिएको छ। जेन जि मुभमेन्टले संविधान पुनर्लेखन, शासकीय स्वरूप र निर्वाचन प्रणालीको आमूल परिवर्तन, सार्वजनिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.