आजदेखि भारत–न्युजिल्यान्डको एकदिवसीय शृङ्खला, बडोदरामा पहिलो भिडन्त

बडोदरा (एजेन्सी) , पुस २७ गते। विश्व क्रिकेटका दुई सशक्त टोली भारत र न्युजिल्यान्डबीचको बहुप्रतिक्षित एकदिवसीय (ओडिआई) क्रिकेट शृङ्खला आजबाट भारतमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेल आज दिउँसो १:४५ बजे (नेपाली समय) बडोदरामा खेलाइनेछ।

घरेलु मैदानको फाइदा उठाउने लक्ष्यसहित भारत मैदान उत्रँदैछ भने भ्रमणकारी न्युजिल्यान्ड पनि चुनौतीपूर्ण प्रदर्शनको तयारीमा छ। भारतीय टोलीको कप्तानी युवा ब्याट्सम्यान शुभमन गिलले गरिरहेका छन् भने न्युजिल्यान्डको नेतृत्व माइकल ब्रेसवेलले सम्हालेका छन्।

दुवै टोली पछिल्ला प्रदर्शनका आधारमा सन्तुलित देखिएकाले शृङ्खला प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। विशेषगरी भारतको बलियो ब्याटिङ लाइनअप र न्युजिल्यान्डको अनुशासित बलिङ आक्रमणबीचको टक्कर दर्शकका लागि आकर्षणको केन्द्र बन्नेछ।

एकदिवसीय शृङ्खला सकिएपछि यी दुई टोलीबीच पाँच खेलको टी–२० शृङ्खला पनि आयोजना हुने तालिका छ, जसको सुरुआत जनवरी २१ बाट हुनेछ। त्यसैले अहिलेको ओडिआई शृङ्खलालाई टी–२० तयारीको महत्त्वपूर्ण चरणका रूपमा समेत हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.