कमलनगर जेसीजको नेतृत्व देवराज भण्डारीलाई, नयाँ कार्यसमिति निर्वाचित

झापा, पुस २७ गते। झापाको कमल गाउँपालिकामा सक्रिय कमलनगर जेसीजले ११औँ साधारणसभा सम्पन्न गर्दै वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। साधारणसभाबाट देवराज भण्डारी (महेश) अध्यक्ष पदमा निर्वाचित भएका छन्।

अध्यक्ष पदका लागि विद्या सापकोटा (मिलन), देवराज भण्डारी (महेश) र लोकबहादुर खड्काबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक निर्वाचनपछि भण्डारीले अध्यक्षको जिम्मेवारी पाएका हुन्।

नयाँ कार्यसमितिअनुसार कार्यकारिणी उपाध्यक्षमा कमल कटुवाल र प्रभात मण्डल चयन भएका छन् भने उपाध्यक्षहरूमा विशाल कार्की, ऐश्वर्य चौहान, भिमकुमारी बस्नेत (रञ्जना) र शम्भु निरौला निर्वाचित भएका छन्।

त्यसैगरी तालिम निर्देशकमा मिलन पौडेल, जनसम्पर्क अधिकारीमा डिजा घिमिरे र प्रकरण निर्देशकमा भूमिका चापागाईं निर्वाचित भएका छन्। वर्ष २०२६ का लागि सम्पन्न निर्वाचनको जानकारी निर्वाचन आयुक्त तथा वर्ष २०२३ का अध्यक्ष रिजु कार्कीले दिएका हुन्।

नव-निर्वाचित नेतृत्वले कमलनगर जेसीजको संस्थागत सुदृढीकरण, युवा नेतृत्व विकास र सामाजिक सेवामा अझ सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.