“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

हेटौँडा, फागुन १० गते । सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले अब राजनीतिक दलको नाम र नारामा होइन, व्यक्तिको विचार, व्यवहार र नैतिकताका आधारमा निर्णय गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाली जनताले पटक–पटक दल र चिन्ह परिवर्तन गरे पनि अवस्था नफेरिएकोप्रति प्रश्न उठाएका छन्। उनका अनुसार यसको मुख्य कारण दललाई प्राथमिकतामा राख्नु र व्यक्तिको वास्तविक कर्म, इतिहास र सार्वजनिक आचरणको मूल्यांकन नगर्नु हो।

“हामीले नारामा विश्वास गर्यौँ, तर व्यवहार जाँच्न सकेनौँ,” उनले उल्लेख गर्दै पुराना दलमा अनुहार फेरिए पनि सोच नफेरिएको र नयाँ दलहरू पनि स्पष्ट सामाजिक योगदानबिना नै ‘विकल्प’को दाबी गरिरहेको टिप्पणी गरेका छन्।

उनले धार्मिक सन्दर्भ जोड्दै कलियुगमा झूट, देखावटीपन र अवसरवाद हावी हुने उल्लेख गरेका छन्। उनका अनुसार केही फटाहा र अवसरवादीहरू मीठा शब्द र भावनात्मक भाषणमार्फत जनताको विश्वास किन्ने प्रयासमा छन्, तर जनताको चेतना बढ्दै गएपछि यस्तो प्रवृत्ति दीर्घकालीन रूपमा टिक्न नसक्नेछ।

महतले साँचो विकल्प कुनै पार्टी नभई सचेत मतदाता भएको स्पष्ट पारेका छन्। दलभन्दा माथि उठेर व्यक्तिको विगत, नैतिकता, पारदर्शिता र सकारात्मक सोच हेरेर निर्णय गर्ने समय आएको उनको भनाइ छ। सकारात्मक सोच र इमान्दार नियत भएका व्यक्ति जुनसुकै दलमा भए पनि जनताको पक्षमा काम गर्न सक्ने उनले बताएका छन्।

अन्त्यमा उनले भावनामा होइन विवेकमा आधारित निर्णय गर्न, अनुहारमा होइन इतिहासमा भरोसा गर्न र अन्धविश्वासमा होइन योग्यतामा आधारित नेतृत्व चयन गर्न सबैमा आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.