हेटौँडामा मानवता: धनमाया बर्तौलाद्वारा ॐ वृद्धा आश्रमका २३ जेष्ठ नागरिकलाई ५५ हजार बराबरको अन्नदान

हेटौँडा, फागुन ३० गते । हेटौँडा–२ मनकामना चोक निवासी धनमाया बर्तौलाले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै शनिबार ॐ वृद्धा आश्रममा आश्रित जेष्ठ नागरिकहरूका लागि अन्नदान गरेकी छिन्।

बर्तौलाले आश्रममा बसोबास गरिरहेका २३ जना जेष्ठ आमाबुवाको लागि करिब ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेकी हुन्। उनले चामल १० बोरा, दाल १ बोरा, तेल ८ कार्टुन, नुन १ बोरा, चियापत्ती ४ किलो तथा चिनी १ बोरा आश्रमलाई हस्तान्तरण गरेकी थिइन्।

वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले उक्त अन्नदान गरिएको बर्तौलाले बताइन्। समाजमा रहेका असहाय तथा जेष्ठ नागरिकहरूको सेवा गर्नु सबैको दायित्व भएको उनको भनाइ छ।

आश्रमतर्फबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले जेष्ठ नागरिकहरूको जीवनयापनमा ठूलो सहयोग पुग्ने जनाएको छ। समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि यस्ता सामाजिक सेवाका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.