हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

हेटौंडा, चैत १४ गते । हेटौंडा मा भोलि (चैत्र १५ गते, आइतबार) प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिने भएको छ।

नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले लेखेको स्टाटसमा भोलि हुने उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

उनले आफ्नो स्टाटसमा पार्टीको केन्द्रीय सचिवालयको निर्देशनअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिएको उल्लेख गरेका छन्। साथै, पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक लाई गैरसंवैधानिक र प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै उनीहरूको अविलम्ब रिहाइको माग गर्न कार्यक्रम तय गरिएको उनले बताएका छन्।

सिग्देलका अनुसार हेटौंडामा हुने कार्यक्रममा सहभागीहरू बिहान ११ बजे नेकपा एमाले जिल्ला कार्यालय, हेटौंडा–५ मा भेला भई प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयतर्फ जानेछन्।

उनले लोकतान्त्रिक अधिकारको संरक्षणका लागि कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.