छत्रेडाँडामा दोस्रो पाथीभरा महोत्सव : नयाँ वर्षमा दुई दिने भव्य धार्मिक कार्यक्रम

हेटौंडा,चैत २८ गते । मकवानपुरगढी गाउँपालिका–८ स्थित छत्रेडाँडामा रहेको पाथीभरा दिव्य धाममा दोस्रो पाथीभरा महोत्सव आयोजना हुने भएको छ। ताप्लेजुङको पाथीभरा देवीको आस्थासँग जोडिएको यो धाम स्थापना भएको दोस्रो वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो।

मन्दिरका संरक्षक तथा पुजारी दिपक सिंह रुम्बाका अनुसार महोत्सव यही चैत्र ३० गते र बैशाख १ गते, नयाँ वर्षको दिन पारेर दुई दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने छन्। जसअन्तर्गत झाँकी प्रदर्शन, पूजा–पाठ, सामूहिक हवन, भजन–कीर्तन, ध्यान साधना, दीप प्रज्वलन तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

पुजारी रुम्बाले आफ्नो सपनामा बारम्बार देखिएपछि जमिनभित्रबाट पञ्चकन्या पाथीभरा भगवतीको शिला उत्खनन गरी निकालिएको र त्यसपछि २०८१ सालको नयाँ वर्षदेखि नियमित पूजा सुरु गरिएको जानकारी दिए। सोही दिनलाई आधार मानेर हरेक वर्ष बैशाख १ गतेलाई जन्मोत्सवका रूपमा भव्य कार्यक्रमसहित मनाउँदै आइएको उनले बताए।

पछिल्लो समय छत्रेडाँडामा अवस्थित पाथीभरा दिव्य धाम आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। यस वर्षको महोत्सवमा मकवानपुरसहित आसपासका जिल्लाबाट ठूलो संख्यामा भक्तजनको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.