हेटौडा,बैशाख ४ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानीका लागि आवेदन दिएका सेवाग्राहीमध्ये मिति २०८२ चैत २० गतेसम्म आवेदन दिने व्यक्तिहरूको राहदानी तयार भइसकेको जनाएको छ। कार्यालयका अनुसार तयार भएका राहदानीमध्ये हालसम्म ६५० भन्दा बढी राहदानी सम्बन्धित व्यक्तिहरूले लिन नआएको पाइएको छ।
कार्यालयले राहदानी तयार भइसकेका सेवाग्राहीलाई आफूहरूले आवेदनका क्रममा उपलब्ध गराएको फोन नम्बरमार्फत सम्पर्क गरी राहदानी बुझ्ने तरिका स्पष्ट गर्न आग्रह गरेको छ। सेवाग्राहीले कार्यालयमै उपस्थित भई राहदानी बुझ्ने वा हुलाकमार्फत घरमै पठाइदिने विकल्पबारे जानकारी दिन सक्नेछन्।
राहदानी समयमै नलिँदा सेवाग्राहीलाई असुविधा हुन सक्ने भएकाले यथाशीघ्र सम्पर्क गरी राहदानी बुझ्न प्रशासनले अनुरोध गरेको छ। साथै, राहदानीसम्बन्धी थप जानकारी लिन कार्यालय समयभित्र कर्मचारी बिनोद अर्याल (९८४५०११११०) र मनिष शाह (९८१९८५२५५९) सँग सम्पर्क गर्न सकिने जनाएको छ।














