चितवन,बैशाख १६ गते । राप्ती नगरपालिका वडा नम्बर ५, भण्डाराले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा यकिन गर्ने प्रक्रिया अघि बढाएको छ। वडा कार्यालयले सूचना जारी गर्दै यसअघि विभिन्न समयमा विवरण फारम भरेका सम्बन्धित व्यक्तिहरूलाई आवश्यक कागजातसहित १५ दिनभित्र उपस्थित हुन आग्रह गरेको हो।
वडा अध्यक्ष सिताराम तामाङद्वारा जारी सूचनामा भूमिहीन सम्बन्धी समस्या समाधान आयोगमार्फत संकलित विवरणका आधारमा अब वास्तविक जग्गा पहिचान गर्ने चरणमा प्रवेश गरिएको उल्लेख गरिएको छ।
जग्गा यकिन गर्ने कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबैलाई आवश्यक कागजातसहित राप्ती नगरपालिका भूमि शाखामा उपस्थित हुन अनुरोध गरिएको छ।
सूचना अनुसार उपस्थित हुँदा निम्न कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछ:
नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र
जग्गाको पहिचान खुल्ने कागजात (जग्गाको निस्सा)
वडा कार्यालयले तोकिएको समयभित्र उपस्थित नभएमा प्रक्रिया प्रभावित हुन सक्ने भएकाले समयमै सम्पर्क गर्न आग्रह गरेको छ।















