सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

रजैया,जेठ १ गते । मनहरी गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई निजी क्षेत्रको रिद्धिसिद्धि सिमेन्ट उद्योग सँग जोडेर सामाजिक सञ्जालमा फैलाइएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा एकतर्फी र आधारहीन विषयवस्तु राखी कर्मचारी तथा जनप्रतिनिधिमाथि आक्षेप लगाइएको भन्दै आपत्ति प्रकट गरेको हो।

गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार रिद्धिसिद्धि सिमेन्ट उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मनहरी क्षेत्रका सार्वजनिक निर्माण कार्य तथा आर्थिक अवस्था कमजोर भएका केही परिवारलाई सिमेन्ट सामग्री सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। सो सहयोगका लागि गाउँपालिकाबाट आवश्यक सिफारिस हुने गरेको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा गाउँपालिकाका जनप्रतिनिधि वा कर्मचारीले गाउँपालिकाको नाममा उद्योगसँग सिमेन्ट मागेर व्यक्तिगत प्रयोजनमा प्रयोग नगरेको तथा गाउँपालिकाले आफैं खरिद नगरेकाले जिन्सी दाखिला गर्ने विषय पनि नआएको उल्लेख गरिएको छ।

त्यस्तै आगलागी, प्राकृतिक विपद् तथा सार्वजनिक निर्माणका क्रममा निजी घरमा क्षति पुगेका न्यून आय भएका परिवारका लागि आवश्यक सिफारिस गरिएको र सो सम्बन्धी चलानी तथा अभिलेख सुरक्षित रहेको जानकारी गाउँपालिकाले दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रमपूर्ण प्रचारप्रति दुःख व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

वैदेशिक रोजगार विभागको नयाँ सुविधा : अब जन्ममिति र पासपोर्ट जारी मितिबाटै FEIMS पासपोर्ट रिसेट गर्न सकिने

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

हेटौंडा–५ पिप्ले सडक विस्तारमा गुणस्तरमाथि प्रश्न : केही महिनामै खाल्टाखुल्टी, सामाजिक अभियन्ता विशालराज महतको आक्रोश

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

हेटौंडाका विद्यालयमा अब शनिबार र आइतबार बिदा, अन्य दिन नियमित पठनपाठन सञ्चालन हुने

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति मनहरी गाउँपालिकाको आपत्ति, सिमेन्ट सहयोग सामाजिक उत्तरदायित्वअन्तर्गत भएको स्पष्ट

मूल्य समायोजन नगरे देशभरका निर्माण कार्य बन्द हुने निर्माण व्यवसायी सङ्घ मकवानपुरको चेतावनी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.