हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

हेटौडा,जेठ १ गते । हेटौंडा उपमहानगरपालिका–४ मा सडक तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राख्दै वडालाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान अघि बढाइएको छ । वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै २०८४ सालसम्म वडालाई व्यवस्थित र स्तरीय पूर्वाधारयुक्त क्षेत्र बनाउने लक्ष्यसहित विभिन्न योजना अघि बढाइएको बताएका छन् ।

उनले “काम गर्नेलाई नै आलोचना हुन्छ, झटारो पनि फलेकै बृक्षमा हानिन्छ” भन्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गरेका छन् ।

वडाध्यक्ष सिग्देलका अनुसार विभिन्न सडक स्तरीकरण तथा ढल निर्माण योजनाका लागि बोलपत्र आह्वान गरिएको छ । जसअन्तर्गत सूर्यचोक–कर्राचोक (पृथ्वीपथ) क्षेत्रमा ढल तथा सडक निर्माण, सृजना टोलमा ढल निर्माण, प्रजातान्त्रिकपथ (कालिका मन्दिर–भुवनेश्वरपथ) मा कर्भस्टोन तथा ढल निर्माण, मितेरीचोक क्षेत्रमा ढल, कर्भस्टोन र स्लोप ड्रेन निर्माणका योजना समावेश छन् ।

त्यस्तै पानी ट्याङ्कीदेखि पशुपति मन्दिर रोडसम्म, मित्रनगरका केही स्थान तथा अजरअम्बर रोड मर्मत तथा कालोपत्रेका लागि समेत बोलपत्र प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

हाल वडाभित्र गिरीटोल भित्री सडक स्तरीकरण गरी ढुवानमुक्त बनाउने काम, गर्दोही भित्री सडक सुधार, अजरअम्बर रोडमा पेटी निर्माण तथा विभिन्न स्थानमा सडक र पेटी मर्मतको काम जारी रहेको वडाध्यक्ष सिग्देलले बताएका छन् ।

स्थानीय तहको विकासलाई तीव्र बनाउने उद्देश्यसहित सडक, ढल र पैदलमार्ग व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा–४ लाई कच्ची सडक, खाल्टाखुल्टी र ढुवानमुक्त बनाउने अभियान तीव्र, विभिन्न सडक स्तरीकरणका लागि बोलपत्र आह्वान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.