नेपाल–दक्षिण कोरिया सहकार्य विस्तारमा ‘दागाची’ : व्यापार, शिक्षा, पर्यटन र डिजिटल नेटवर्कलाई जोड्ने नयाँ पहल

काठमाडौं,जेठ २ गते । दक्षिण कोरियाको एआई आधारित बहुभाषिक सञ्चार प्लेटफर्म Dagachi ले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। काठमाडौंमा आयोजित “मिट एण्ड ग्रिट” कार्यक्रममा कम्पनीका उपाध्यक्ष किम साङ ह्युनले श्रम, शिक्षा, संस्कृति, पर्यटन तथा डिजिटल सहकार्यका क्षेत्रमा दागाची प्रभावकारी माध्यम बन्ने बताएका हुन्।

दक्षिण कोरियाको बुसानमा मुख्य कार्यालय रहेको वल्र्ड दागाची एआईमा आधारित बहुभाषिक ग्लोबल कम्युनिकेसन प्लेटफर्म हो। यसले भाषा शिक्षा, स्वास्थ्य, पर्यटन, कानुनी तथा प्रशासनिक सेवामा बहुभाषिक सूचना आदान–प्रदान र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्दै आएको जनाएको छ। कार्यक्रममा नेपालका विभिन्न संघ–संस्था, व्यवसायी, शैक्षिक प्रतिनिधि तथा कोरियन समुदायका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै किम साङ ह्युनले दागाची केवल एउटा डिजिटल एप नभई भाषा र संस्कृतिको दूरी घटाउने विश्वव्यापी प्लेटफर्म भएको उल्लेख गरे। उनले दक्षिण कोरियामा रहेका नेपाली तथा नेपालमा रहेका कोरियाली नागरिकबीच सहज सञ्चार, सूचना आदान–प्रदान र सुरक्षित जीवनयापनमा दागाची उपयोगी बन्ने विश्वास व्यक्त गरे।

उनले नेपाललाई “फेरि आउन मन लाग्ने देश” का रूपमा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन दागाची नेपाल केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताए। आगामी दिनमा स्वास्थ्य, वित्त, शिक्षा, पर्यटन, श्रमिक तथा अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित विशेष डिजिटल सेवा विस्तार गरिने जानकारी पनि उनले दिए।

कार्यक्रमकै अवसरमा र बीच व्यापार, पर्यटन, शिक्षा तथा डिजिटल सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो। सम्झौतापत्रमा कोरियन चेम्बर अफ कमर्स इन नेपालका अध्यक्ष इओम जिन योङ र वल्र्ड दागाचीका भाइस प्रेसिडेन्ट किम साङ ह्युनले हस्ताक्षर गरेका थिए।

समझदारीअनुसार नेपाल र दक्षिण कोरियाबीच व्यवसायिक नेटवर्क विस्तार, डिजिटल सूचना आदान–प्रदान, पर्यटन प्रवर्द्धन, शिक्षा, मानवस्रोत तथा भाषा सेवाका क्षेत्रमा संयुक्त सहकार्य गरिने जनाइएको छ।

नेपालका लागि दागाची प्रतिनिधि माधव सापकोटा ले नेपाली व्यवसायलाई “लोकलबाट ग्लोबल” बनाउने अभियानमा दागाची महत्वपूर्ण पुल बन्ने बताए। उनले के–पप, के–ड्रामा, के–ब्युटी र के–फुडपछि अब “के–कम” का रूपमा दागाची विश्व बजारमा अघि बढिरहेको उल्लेख गरे।

सापकोटाले दागाचीमा “भेरिफाइड प्रोफाइल” प्रणाली भएकाले व्यवसाय तथा सेवाप्रति विश्वास बढ्ने, विदेशी ग्राहकसँग प्रत्यक्ष सम्पर्क सहज हुने तथा एआई आधारित बहुभाषिक सेवाले भाषागत समस्या समाधान गर्ने बताए। उनका अनुसार नेपालमा विश्वासिलो एआई आधारित डिजिटल इकोसिस्टम निर्माण गर्नु दागाचीको मुख्य उद्देश्य हो।

उनले सन् २०२७ सम्म नेपालमा १ लाख सक्रिय प्रयोगकर्ता र १०० भन्दा बढी संस्थासँग सहकार्य गर्ने लक्ष्य रहेको जानकारी दिए। साथै नेपाली पर्यटन व्यवसाय, ट्रेकिङ, होमस्टे तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन प्लेटफर्म प्रभावकारी हुने उल्लेख गरे। कोरियन पर्यटकका लागि दोहोरो भाषामा बुकिङ प्रणाली सहज बनाइने जानकारी पनि उनले दिए।

मानवस्रोत क्षेत्रतर्फ विदेशी कम्पनी र नेपाली म्यानपावर कम्पनीबीच कर्मचारी माग–आपूर्तिको डिजिटल समन्वय गरिने तथा शिक्षा क्षेत्रतर्फ कोरियन विश्वविद्यालय, छात्रवृत्ति र विभिन्न कोर्ससम्बन्धी जानकारी प्लेटफर्ममार्फत उपलब्ध गराइने उनको भनाइ थियो।

कार्यक्रममा , ईपीएस सम्बन्धित प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अन्त्यमा सापकोटाले सबैलाई दागाची एप डाउनलोड गरी साइनअप गर्न, व्यवसाय प्रोफाइल दर्ता गर्न तथा नेपाल–कोरिया डिजिटल नेटवर्क विस्तार अभियानमा सहभागी हुन आग्रह गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.