भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

भैरवरोड,जेठ ६ गते। नवीन सिग्देल र सुशील घिमिरेको पहलमा हेटौँडा–४ स्थित भैरवरोड क्षेत्रमा वर्षायाममा हुने डुबान तथा सडकमा पानी बग्ने समस्याको समाधान प्रक्रिया अघि बढाइएको छ।

बुधबार उपमहानगरपालिकाका प्राविधिकसहितको टोलीले भैरवरोड क्षेत्रमा स्थलगत अध्ययन गर्दै पानी जम्ने, ढल अवरुद्ध हुने तथा वर्षाका बेला सडक नै खोलाजस्तै बग्ने समस्याको निरीक्षण गरेको हो।

केही दिनअघि वडा नं. ४ का अध्यक्ष सिग्देलले मिना कुमारी लामासँग समस्या समाधानका विषयमा छलफल गरेपछि प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ।

अध्ययन टोलीमा उपमहानगरपालिकाका योजना प्रमुख ई. सुवोध थापा, वातावरण इन्जिनियर चन्दा खड्का, जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। टोलीले क्षेत्रका ढल संरचना, पानी निकासको अवस्था तथा जमेको पानी बग्ने मार्गको अवलोकन गरेको थियो।

वडा अध्यक्ष सिग्देलका अनुसार भैरवरोड क्षेत्रमा भूमिगत ढल प्रणालीमा समस्या देखिनुका साथै पानी निकासको उचित व्यवस्था नहुँदा वर्षायाममा सडकमा अत्यधिक पानी जम्ने र खोलाजस्तै बग्ने समस्या उत्पन्न हुँदै आएको छ।

उनले समस्या पहिचान भइसकेकाले नगर प्रमुख लामासँग समन्वय गरी समाधानका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने बताए।

त्यस्तै वडा नं. ५ का अध्यक्ष घिमिरेले भैरवरोडबाट बग्ने पानीका कारण वडा नं. ५ का विभिन्न क्षेत्रसमेत डुबानमा पर्ने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि संयुक्त पहल आवश्यक रहेको धारणा राखे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.