लगातार वर्षाले देशभर सतर्कता : काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा रातभर पानी पर्ने सम्भावना

काठमाडौँ, असार १८ गते । बिहीबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित आस-पासका पहाडी जिल्लामा परेको भारी वर्षापछि रातिको समयमा पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । मनसुनी प्रणाली सक्रिय बनेसँगै विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ ।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कर्णाली प्रदेशका पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशका पहाडी एवं तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना समेत रहेको छ । सक्रिय मनसुनका कारण आगामी केही घण्टासम्म देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

लगातारको वर्षाले सहरी क्षेत्रमा जलमग्न, सडक अवरुद्ध तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.