हराएको २२० सीसी पल्सर मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई बुझायो

हेटौंडा, असार २२ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

हिजो असार २१ गते जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ क्षेत्रबाट बागमती प्रदेश ०२–०६५ प ७०५८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल हराएको भन्दै कैलाश गाउँपालिका–१ निवासी २५ वर्षीय शुक्र घलानले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए।

निवेदन प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट तत्काल खोजतलास कार्य अघि बढाइएको थियो। खोजतलासकै क्रममा उक्त मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको हो।

फेला परेको मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया तथा सनाखत सम्पन्न गरी सम्बन्धित धनी शुक्र घलानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.