Day: २०८३ असार २२, सोमबार २३:३९

हराएको २२० सीसी पल्सर मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई बुझायो

हराएको २२० सीसी पल्सर मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई बुझायो

हेटौंडा, असार २२ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। हिजो असार २१ गते जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ क्षेत्रबाट बागमती प्रदेश ०२–०६५ प ७०५८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल हराएको भन्दै कैलाश गाउँपालिका–१ निवासी २५ वर्षीय शुक्र घलानले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए। निवेदन प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट तत्काल खोजतलास कार्य अघि बढाइएको थियो। खोजतलासकै क्रममा उक्त मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको हो। फेला परेको मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया तथा सनाखत सम्पन्न गरी सम्बन्धित धनी शुक्र घलानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको…
Read More
प्रेस स्वतन्त्रता र श्रम अधिकारका पक्षमा महासंघ आक्रामक, ‘ललितपुर घोषणापत्र–२०८३’ सार्वजनिक

प्रेस स्वतन्त्रता र श्रम अधिकारका पक्षमा महासंघ आक्रामक, ‘ललितपुर घोषणापत्र–२०८३’ सार्वजनिक

ललितपुर, असार २२ गते । नेपाल पत्रकार महासंघको प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले प्रेस स्वतन्त्रता, श्रम अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि सरकारमाथि दबाब बढाउने घोषणा गर्दै ‘ललितपुर घोषणापत्र–२०८३’ सार्वजनिक गरेको छ । सम्मेलनले नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीयता तथा पूर्ण प्रेस स्वतन्त्रताप्रति महासंघ प्रतिबद्ध रहेको पुनः स्मरण गराउँदै यी विषयमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ । घोषणापत्रमा पछिल्लो समय सूचना संकुचन, सरकारी सूचना तथा विज्ञापनमा विभेद, पत्रकारमाथि हुने धरपकड, धम्की तथा विद्युतीय कारोबार ऐनअन्तर्गत हुने कारबाहीप्रति गम्भीर आपत्ति जनाइएको छ । महासंघले सरकारलाई सात दिनभित्र आफ्ना माग सम्बोधन…
Read More
हेटौँडामा आईटी पार्क बन्ने, सूचना प्रविधिको केन्द्रका रूपमा विकास हुने अपेक्षा

हेटौँडामा आईटी पार्क बन्ने, सूचना प्रविधिको केन्द्रका रूपमा विकास हुने अपेक्षा

हेटौँडा, असार २२ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा आधुनिक आईटी पार्क (पब्लिक नलेज सेन्टर) निर्माण हुने भएको छ । बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले परियोजनाको डिपिआर तथा निर्माण कार्यका लागि बजेट विनियोजन गरेसँगै हेटौँडालाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने आधार तयार भएको हो । वडा कार्यालयको पहल तथा समन्वयमा अघि बढाइएको यस योजनाका लागि बाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय दिनेशचन्द्र देवकोटाले आवश्यक निर्णय गरेका हुन् । स्थानीयवासी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले यस कदमलाई हेटौँडाको भविष्यसँग जोडिएको महत्वपूर्ण योजनाका रूपमा लिएका छन् । निर्माण हुन लागेको आईटी पार्कले सूचना तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.