हेटौंडा, असार २३ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा CAP निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा सोमबार उक्त निरीक्षण तथा अनुगमन कार्यक्रम गरिएको हो।

निरीक्षणका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले अपराध अनुसन्धान तथा नियन्त्रण शाखा, हिरासत कक्ष लगायत जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखाहरूको अवलोकन तथा निरीक्षण गरेका थिए।

कार्यक्रमका अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानका गतिविधि तथा वर्तमान सुरक्षा अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए।

त्यस अवसरमा प्रहरी संगठनको कार्यसम्पादन, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा अनुसन्धान कार्यलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको प्रहरीले जनाएको छ।















