हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

हेटौंडा, असार २५ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित भित्री सडकमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० आनन्दटोल निवासी करिब २१ वर्षीय सागर स्याङ्तान रहेका छन्।

प्रहरीका अनुसार हिजो अपराह्न करिब ४:३० बजे बुद्धचोकबाट नमुनाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ७२७२ नम्बरको स्कुटर तीव्र गतिका कारण चालकको नियन्त्रणबाट बाहिरिएर स्थानीय राजु नेपालीको घरको पिँढीमा ठोक्किएको थियो।

दुर्घटनामा स्कुटर चालक स्याङ्तान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि साँझ करिब ५:५५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

यसैबीच, प्रहरीले सवारी चालकहरूलाई तोकिएको गति सीमा पालना गर्न, हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन तथा सडक सुरक्षासम्बन्धी नियमहरूको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.