तुइन खोलानजिकको पहिरो हटाइयो, मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

चितवन, साउन २१ गते । मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत तुइन खोलानजिक पहिरो खस्दा केही समय एकतर्फी रूपमा अवरुद्ध भएको सवारी आवागमन पुनः पूर्ण रूपमा सुचारु भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार साँझ करिब ७:३० बजेदेखि उक्त सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै सडकमा दुवैतर्फबाट सवारी साधन सञ्चालन गरिएको र यातायात सेवा सामान्य अवस्थामा फर्किएको जनाइएको छ।

हाल मुग्लिन–नारायणघाट सडक हुँदै पूर्व–पश्चिम राजमार्गका सबै प्रकारका सवारी साधनहरू निरन्तर आवागमन गरिरहेका छन्।

सडक डिभिजन भरतपुरले सडक सञ्चालनमा आए पनि वर्षायामका कारण पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.