Day: २०८३ श्रावण २१, बिहीबार २३:२६

तुइन खोलानजिकको पहिरो हटाइयो, मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

तुइन खोलानजिकको पहिरो हटाइयो, मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

चितवन, साउन २१ गते । मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत तुइन खोलानजिक पहिरो खस्दा केही समय एकतर्फी रूपमा अवरुद्ध भएको सवारी आवागमन पुनः पूर्ण रूपमा सुचारु भएको छ। सडक डिभिजन भरतपुरका अनुसार साँझ करिब ७:३० बजेदेखि उक्त सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै सडकमा दुवैतर्फबाट सवारी साधन सञ्चालन गरिएको र यातायात सेवा सामान्य अवस्थामा फर्किएको जनाइएको छ। हाल मुग्लिन–नारायणघाट सडक हुँदै पूर्व–पश्चिम राजमार्गका सबै प्रकारका सवारी साधनहरू निरन्तर आवागमन गरिरहेका छन्। सडक डिभिजन भरतपुरले सडक सञ्चालनमा आए पनि वर्षायामका कारण पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
Read More
‘जिरो वेस्ट’ नाराभन्दा पहिले वास्तविक सुधार आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

‘जिरो वेस्ट’ नाराभन्दा पहिले वास्तविक सुधार आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हेटौँडा, साउन २१ गते । हेटौंडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै 'जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा' भन्ने नारासहित 'शून्य फोहोर (जिरो वेस्ट)' महाअभियान घोषणा गरेको विषयमा सामाजिक अभियन्ता तथा सेवा, सहयोग र आवाजका अध्यक्ष विशालराज महतले नगरको वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले पर्यटन प्रवर्द्धनका लागि घोषणा गरिएको अभियान स्वागतयोग्य भए पनि नाराभन्दा पहिले यथार्थ सुधार गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार हेटौंडा उपमहानगरपालिकाले करिब ३२ लाख ५० हजार रुपैयाँ खर्च गरेर शहरलाई सफा बनाउने योजना ल्याएको भए पनि अहिले पनि सडकमा फोहोर बोक्ने सवारीबाट लेदो चुहिने, दुर्गन्ध फैलिने तथा…
Read More
‘सुरक्षित हेटौँडा र लागू औषध नियन्त्रित हेटौँडा’ बनाउन सबैको सहकार्य आवश्यक : वडाध्यक्ष नवीन सिग्देल

‘सुरक्षित हेटौँडा र लागू औषध नियन्त्रित हेटौँडा’ बनाउन सबैको सहकार्य आवश्यक : वडाध्यक्ष नवीन सिग्देल

हेटौँडा, साउन २१ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्लो समय हेटौँडामा भइरहेका रहस्यमय हत्या तथा लागू औषधसँग सम्बन्धित घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित समाज निर्माणका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले हेटौँडामा केही समययता रहस्यमय हत्या प्रकरणहरू बढ्दै गएको तथा लागू औषध कारोबार र प्रयोगसँग सम्बन्धित घटनामा प्रहरीद्वारा दिनहुँ व्यक्तिहरू पक्राउ परिरहेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन्। उनले खुला रूपमा मात्र होइन, लुकिछिपी हुने लागू औषध कारोबार अझ व्यापक हुन सक्ने संकेत गर्दै यसको प्रभावकारी नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। वडाध्यक्ष…
Read More
युवा पुस्ताको रोजाइ बन्दै मकवानपुरको बुढीचौर, फोहोर व्यवस्थापन र सडक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता

युवा पुस्ताको रोजाइ बन्दै मकवानपुरको बुढीचौर, फोहोर व्यवस्थापन र सडक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता

बुढीचौर, साउन २१ गते । मकवानपुरमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुढीचौर पछिल्लो समय युवा पुस्ताको आकर्षक घुम्ने गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। हरेक दिन जिल्लाका विभिन्न स्थानका साथै बाहिरी क्षेत्रबाट पनि ठूलो संख्यामा आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गरेका छन्। स्थानीयका अनुसार विशेषगरी युवा पुस्ता बुढीचौरमा पुगेर मनोरञ्जन गर्नुका साथै टिकटक, रिल्स तथा अन्य सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने क्रम उल्लेख्य रूपमा बढेको छ। उनीहरूले यहाँ खिचेका भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा बुढीचौरको प्राकृतिक सौन्दर्य थप प्रचार–प्रसार भइरहेको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको देखिन्छ। पर्यटकको बढ्दो आगमनसँगै बुढीचौरमा फोहोर व्यवस्थापन भने चुनौतीका रूपमा देखिन थालेको छ।…
Read More
मनहरी खोला तर्ने क्रममा मकवानपुरका चेपाङ युवा बेपत्ता, खोजी तथा उद्धार जारी

मनहरी खोला तर्ने क्रममा मकवानपुरका चेपाङ युवा बेपत्ता, खोजी तथा उद्धार जारी

मनहरी, साउन २१ गते । मकवानपुरको कैलाश गाउँपालिका–४ सिसौटारमा मनहरी खोला तर्ने क्रममा एक चेपाङ युवा बेपत्ता भएका छन्। उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साउन २० गते राति करिब ११ बजे कैलाश गाउँपालिका–४ सिसैटा निवासी २५ वर्षीय प्रकाश तामाङ र ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीसस्थित आफ्नै घर फर्किरहेका थिए। घर फर्कने क्रममा उनीहरू मनहरी खोला तर्दै गर्दा खोलाको तीव्र बहावमा परेका थिए। घटनामा प्रकाश तामाङ भने सकुशल खोलाबाट बाहिर निस्कन सफल भएका छन्। तर अशोक प्रजालाई खोलाले बगाएपछि उनी बेपत्ता भएका प्रहरीले जनाएको छ। घटनाबारे…
Read More
रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटना, आगलागीपछि आगो नियन्त्रणमा

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटना, आगलागीपछि आगो नियन्त्रणमा

रौतहट, साउन २१ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुलनजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भई आगलागी भएको छ। आज बिहान करिब ५:३० बजे अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार दुर्घटनापछि ट्यांकरमा तत्काल आगो लागेको भए पनि चालक सकुशल बाहिर निस्कन सफल भएका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ दमकल, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा आएसँगै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.