राहत संकलनको नाममा व्यक्तिगत खाताको QR कोड प्रयोग गरेको आरोपमा एक जना नियन्त्रणमा

हेटौंडा, भदौ १२ गते । भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको कठिन परिस्थितिको फाइदा उठाउँदै राहत संकलनका नाममा व्यक्तिगत बैंक खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजेको आरोपमा एक जना व्यक्ति नियन्त्रणमा परेका छन्।

मिति २०८३ भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो क्षति भएको घटनापछि राहत संकलनका नाममा व्यक्तिगत तलबी खाताको QR कोड प्रयोग गरी रकम संकलन गर्न खोजिएको सम्बन्धमा प्राप्त उजुरीका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्ति माथि घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित निकायले विपद्को समयमा राहत तथा सहयोगका नाममा हुने सम्भावित ठगीबाट सचेत रहन आग्रह गरेको छ। राहत तथा सहयोग रकम उपलब्ध गराउँदा सम्बन्धित सरकारी निकाय वा आधिकारिक संस्था मार्फत मात्र सहयोग गर्न र राहत संकलनका लागि व्यक्तिगत बैंक खाता वा QR कोड प्रयोग नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.