चितवन, भदौ १८ गते । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट स-साना ढुंगा सडकमा खसेपछि सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार बिहान करिब ९ः३५ बजे पुल नजिकै माथिबाट ढुंगा सडकमा झरेका हुन्। सडकमा खसेका ढुंगा हटाउने कामका लागि केही समय मात्र लाग्ने जनाइएको छ।
हाल उक्त स्थानमा सवारी आवागमन नयाँ पुलबाट सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
सडक डिभिजनले यात्राका क्रममा विशेष सावधानी अपनाउन तथा सडकको अवस्था हेरेर, आवश्यक परे सवारी रोकेर र अवस्था बुझेर मात्रै सुरक्षित रूपमा यात्रा गर्न सबैमा अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 32














