भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु, एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

मकवानपुर, भदौ १८ गते । मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्डको मर्मत तथा पुनःनिर्माण कार्य आजदेखि सुरु गरिएको छ। सडक मर्मतका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी भीमफेदी र सिस्नेरी दुवैतर्फबाट एकैसाथ काम अघि बढाइएको हो।

आज सडकखण्डअन्तर्गत भीमफेदीदेखि कोगटे हुँदै इपा देउरालीसम्मको स्थलगत निरीक्षण सम्पन्न गरिएको छ। सडक मर्मतका लागि चार वटा एक्साभेटर, दुई वटा लोडर लगायत आवश्यक अन्य सवारीसाधन तथा उपकरण परिचालन गरिएको जनाइएको छ।

सडकको अवस्था हेरेर दुवैतर्फबाट निर्माण तथा मर्मतको काम अघि बढाइएकाले बढीमा एक साताभित्र सडकमा यातायात सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।

सडक अवरुद्ध हुँदा भीमफेदी–देउराली–कुलेखानी खण्डमा सवारीसाधनको चाप बढेर जाम हुने समस्या देखिँदै आएको थियो। भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनमा आएपछि उक्त खण्डमा देखिएको सवारी चाप र जामको समस्या समेत कम हुने विश्वास गरिएको छ।

सडक मर्मत कार्यलाई तीव्रता दिँदै छोटो समयमै यातायात सहज बनाउने लक्ष्यसहित आवश्यक उपकरण परिचालन गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.