मकवानपुरको राक्सिराङबाट २२ किलोभन्दा बढी गाँजासहित दुई युवक पक्राउ

हेटौँडा, कार्तिक २० गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रतिबन्धित लागू औषध गाँजासहित दुई जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान करिब ५:३० बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–६ स्थित लोथर खोलाको बाटो हुँदै शंकास्पद रूपमा हिँडिरहेका दुई युवकलाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका राक्सिराङ गाउँपालिका–७ निवासी २५ वर्षीय देवन प्रजा र सोही स्थानका २० वर्षीय जेम्सन प्रजालाई कानुनबमोजिम खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध गाँजा २२ किलो ५४ ग्राम फेला पारेको जनाएको छ।

बरामद गाँजासहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई लागू औषध कसुरसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.