घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

इटहरी। सुनसरीको कोशी गाउँपालिकाबाट ७ वर्षीया वालिकाको अपहरण भएको छ ।

कोशी गाउँपालिका वडा नं ७, मुसहरी टोलमा बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी इशु सदाको अपहरण भएको हो ।

हिजो (बुधवार) दिउँसो १ः४० बजे इशु घर अगाडि खेल्दै गर्दा अपरिचित व्यक्तिले सिटी सफारीमा अपहरण गरेर लगेको थियो।

वालिका अपहरणमा परेको हल्ला भए लगतै वडा नं ७ का वडाध्यक्षले प्रहरी चौकी हरिपुरलाई खबर गरेका थिए । सूचना प्राप्त हुने साथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले इशुको घरमा पुगेर सोधपुछ गर्दा, अपहरण गर्ने व्यक्तिको बारेमा कसैलाई थाहा नभएको पाइएको थियो।
तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीले सिसिटिभी फुटेजको विश्लेषण गरेर र स्थानीय व्यक्तिहरूसँग सोधपुछ गर्दा अपहरण गर्ने व्यक्तिको पहिचान भएको र अपहरण गर्ने व्यक्तिको नाम ३० वर्षीया जितेन्द्र साह (हलुवाई) रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.