जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता लगभग अन्तिम चरणमा,दुवै पक्षको बैठक यही आइतबार निर्णायक हुने

काठमाडौँ। जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकीकरणको टुङ्गो लगभग अन्तिम चरणमा पुर्‍याउन दुई दलको निर्णायक बैठक वार्ता आइतबार हुने भएको छ।

यस अघिको नाउपाको केन्द्रीय बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत र नाउपाका संरक्षकको रुपमा रहेका रेशम चौधरी बीच त्यो बेला पार्टी एकताका विषयमा छलफल केन्द्रित रहेको थियो सोही अनुरूप पार्टी एकताको विषयमा छलफल अन्तिम चरणमा पुग्न थालिएको हो।

अब आउने आइतबार जनमतका अध्यक्ष डा. राउतसँग पार्टी एकीकरण बीच भएको छलफललाई निर्णायक वार्तामा पुर्‍याउने नाउपाका संरक्षक चौधरीले जानकारी दिएका छन्। आइतबारको दिन राउत र चौधरीको वार्ता अघि बिहान ८ बजे सो दिन दुई दलीय कार्यदलको बैठक बोलाइएको छ।

अब हुने आइतबारको बैठकको स्थान भने बर्दियाको अमरपुर हुने निर्धारण गरिएको छ। नाउपाको इच्छा अनुसार बर्दियामा दुई दलको बैठक राख्न थालिएको हो। आउने वैशाख महिनाको पहिलो साता नै एकता हुनेगरी निर्णयमा पुग्न दुई दलीय नेताहरू छलफलमा रहेको बताएको छ।

यस अघिको नाउपाको केन्द्रीय बैठकले पार्टीको नाम,अध्यक्ष र चुनाव चिन्ह लगायतका विषयमा छलफल लगभग सहमति नजिक पुगेको बताएका छन्। यदि एकता पश्चात्को निर्णायक अनुसार पार्टी अध्यक्षको रूपमा डा. राउत हुनेगरी सहमत र सहअध्यक्षको रुपमा रञ्जिता श्रेष्ठ अनि पार्टी संरक्षक रुपमा रेशम चौधरी हुनेछ।

अहिले नाउपाका संस्थापक अध्यक्ष चौधरी हाल उक्त दलको संरक्षकको रुपमा रहेका छन्। पार्टी एकीकृत भएपछि दुई दलको नयाँ पार्टी रूपमा नागरिक जनमत पार्टी राख्ने गरी सहमत भएको र चुनाव चिन्ह ढोक्या नै राख्ने गरी सहमति नजिक पुगेको बताएको छ। साथै कार्यकर्ता नेता हरू भेटघाट अभिवादन बोल्ने शब्दावलीमा जय नागरिक शब्दलाई चयन पनि गरिएको जानकारीमा आएको छ।

जनमत पार्टीबाट अब्दुलखान शरदसिंह यादव र बाल गोविन्द चौधरी रहेको कार्यदल बनाएको थियो भने नाउपाले गङ्गाराम चौधरी सुनिता चौधरी र रामलाल डङ्गौरा रहेको एउटा कार्यदल बनाएको थियो।

बनिएको कार्यदलको छलफलको तहमा एकपटक मात्र संवाद भएको बताएको छ। अब हुने आइतबारको बैठकले थप छलफल गर्ने नाउपाले गठन गरेको कार्यदलको संयोजक गंगाराम चौधरीले बताए।

आइतबारको छलफल मुख्यगरी केन्द्रीय समितिको आकार सङ्घ र प्रदेशसभामा पदीय भूमिकाको बाँडफाँट लगायतका विषयमा छलफल हुने बताइएको छ। अहिलेसम्म जनमत पार्टीको संघीय संसदमा ६ र प्रदेशमा १६ सांसद रहेका छन् भने नाउपाको संघमा ४ र प्रदेशमा १२ जना सांसद रहेका छन्।

जनमत पार्टीको प्रकट एरिया भनेको मुख्यगरी मधेस एरिया पर्दछ भने नाउपाको सुदूरपश्चिम क्षेत्र पकट एरिया पर्दछ। अहिले प्रतिनिधिसभामा जनमतको संसद् दलको नेता पार्टी अध्यक्ष राउत रहेका छन् भने नउपाको संसदीय दलको नेता गङ्गाराम चौधरी रहेका छन्। अब छलफलको निर्णायकबाट नै प्रदेश र संघीय संसदमा को कस्तो कुन हैसियतमा रहने भन्ने विषय कार्यदलले टुङ्गो लगाउने नाउपाका संरक्षक चौधरीले बताए।

जनमतको पार्टी प्रावधान अनुसार लगभग केन्द्रीय सदस्य सङ्ख्या ७०० सम्म बनाउन सकिने व्यवस्था रहेको छ। विधान अनुरूप कार्यकारणी सदस्य सङ्ख्या ६० र सचिवालय सङ्ख्या १७ जना हुने व्यवस्था रहेको छ। त्यस्तै नाउपामा भने केन्द्रीय समितिको सङ्ख्या लगभग ३५१ सदस्य सङ्ख्या बनाउन सकिने व्यवस्था रहेको छ। हाल नाउपाले २१ जना मात्र केन्द्रीय सदस्य बनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.