फेरि राजा चाइयो रे

दमन कम भयो
दमन चाइयो हामीलाई ।
एक लौटे  शासन थियो
जनवादी राज्य सत्ता आयो
अब हामीलाई फेरि राजा चाइयो रे ।

राजाका नातेदारले जे गर्दा नि
बोल्न, लेख्न मिल्दैनथ्यो ।
अहिले जे पनि बोल्न मिल्छ
जनताको श्रम शोषण गरिन्थ्यो
नाङ्गो नाच हेर्न, मोजमस्ती गर्न
लाखौं खर्च गरिन्थ्यो
अहिले पाइला पाइलामा सचेत हुनुपर्छ
त्यसैले हामिलाई फेरि राजा चाइयो रे ।

राजखान्दानले अपराध गरे कानुन लाग्दैनथ्यो
अहिले जोकोहिलाई पनि लाग्न सक्छ
राजतन्त्रमा जनताले आवाज उठाउन
पाउँदैनथ्यो गणतन्त्रमा पाइन्छ
त्यसैले हामिलाई फेरि राजा चाइयो रे ।

जनताका छोराछोरीले
राम्रो पढे जिब्रो काटिन्थ्यो
राम्रो लेखे औंला काटिन्थ्यो ।
तल्लो वर्गका श्रीमती, छोरी
राम्रो देखे बलात्कार गरिन्थ्यो ।
त्यो निरंकुश शासन हट्यो
अब हामीलाई फेरि राजा चाइयो रे ।

राजाको पालामा हजुरबुबाले
जुत्ता, चप्पल देख्नु भएन
राम्रो कपडा, बजार देख्न पाएन
अहिले गाउँघर बजारीकरण भयो
रमाइलो के हो थाहा भएन
मासुभात खान दशै तिहार कुर्नु पर्थ्यो
अहिले इच्छा अनुसार सबैथोक पाइन्छ
त्यसैले हामीलाई फेरि राजा चाइयो रे ।

बिरामी हुँदा हस्पिटल थिएन
सिटामोल के हो थाहा थिएन
गाडीघोडाका के कुरा गर्ने
नामनिशाना नै थिएन ।
राजाले प्रयोग गर्न चाहे भने
काठमाडौंका नेवार र
मकवानपुरका तामाङले
भरिया भएर बेहुली झैँ
दरवार पुर्‍याउनु पर्थ्यो
त्यसैले फेरि राजा चाइयो रे ।

दमन कम भयो
अत्याचार कम भयो
शोषण कम भयो
हामीलाई फेरि राजा चाइयो रे ।

                    लेखक : विवेक सी
     युवा संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

फेरि राजा चाइयो रे

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

फेरि राजा चाइयो रे

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

फेरि राजा चाइयो रे

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

फेरि राजा चाइयो रे

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

फेरि राजा चाइयो रे

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

फेरि राजा चाइयो रे

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.