काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले जिल्ला परिसर भद्रकाली पुर्याएको छ।
उनी माथि सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप चलिरहेको बेला लामिछानेमाथि आज उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउने आदेश बमोजिम पक्राउ गरिएको हो।
रूपन्देही जिल्ला अदालतले रु १ करोड धरौटी तिरी रिहा गर्ने आदेशलाई बदर गरेपछि उनलाई पुनः प्रहरी टोलीहरूले समाउन बुढानीलकण्ठस्थित उनी बसेको निवासमा पुगेको थियो।
रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई समाउन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीलाई विशेष खटाएको थियो।
पक्राउ परेका लामिछानेलाई आज भद्रकाली राखी भोलि शनिबार भैरहवा लैजाने तयारी रहेकोछ
प्रतिकृया दिनुहोस्
Post Views: 120














