आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

मकवानपुर । आत्मनिर्भर हुनका लागि कृषि उत्पादनमा जोड दिँदै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले धान रोपाइँ गरेको छ । पार्टीको निर्णय अनुसार नेताकार्यकर्ता र आम जनतालाई निकट भविष्यमा आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरेको सामुहिक उत्पादन प्रणालीलाई अंगाल्दै नेकपा मकवानपुरले पनि सामुहिक उत्पादनलाई निरन्तरता दिइरहेको छ ।

मनहरी-५ दरदरा स्थित केन्द्रिय उत्पादन विभाग मनहरीमा नेकपा मकवानपुरले आज धान रोपेको छ । लगभग तीन बिगाहामा फैलिएको उत्पादन क्षेत्रमा पार्टीले समय अनुकुल नगदे बाली र अन्नबाली लगाउँदै आइरहेको छ । उक्त उत्पादन शाखामा पार्टीले हालसम्म काँक्रा, भ्यान्टा, आलु, खुर्सानी, प्याज, लसुन लगायतका तरकारी बाली र मकै, धान, गहुँ जस्ता अन्नबाली उत्पादन गरिसकेको छ ।

उत्पादन क्षेत्रको केही भागमा धान रोप्ने केही भागमा मकै छर्ने र केही ठाउँमा तरकारी बाली लगाउने तयारी गरिरहेको कुरा नेकपा मकवानपुरका सेक्रेटरी पेमा सीले जानकारी दिएका छन् । त्यस्तै उत्पादन, संगठन र संघर्षको कामलाई एकैसाथ अगाडि बढाउन बढो मेहनतका साथ लागि पर्ने नेकपा मकवानपुरका इन्चार्ज राम सीले कृषि उत्पादन सँगै पार्टीले व्यवसायिक कुखुरा पालनको काम पनि भैरहेको बताएका छन् ।

क नेकपाले सुरु गरेको उत्पादन क्षेत्रमा स्थानीय जनताको पनि उत्साह पूर्ण सहभागिता रहेको छ । सामुहिक उत्पादन मार्फत पार्टीले गरेको काम देखेर वरपराका किसानले पनि आफ्नो खेतबारी बाँजो नराखी निरन्तर खेती गरिरहेका छन् ।

विशेषत छिमेकी देश भारतले खाद्यान्न आपूर्तिमा नाकाबन्दी गरेता पनि आम नेपालीले खान पुग्ने खाद्य उत्पादन गरि देशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेकपाले सामुहिक उत्पादनलाई जोड दिएको हो । पछिल्लो समयमा भैरहेको युवा पंक्तिको विदेश पलायन र गाउँघरमा खेतबारी बाँजो राख्ने अनि घर कोठामा बसि खाने विचलनकारी प्रवृत्तिको मध्यनजर गर्दै पार्टीले यो कदम चालेको बताइएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड दिँदै नेकपा मकवानपुर

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.