हेटौंडा । नेपाल फलफूल तथा तरकारी लोड अनलोड मजदुर युनियनले सहिद स्मृति प्रतिष्ठानलाई ३५ थान कुर्सी सहयोग गरेको छ । सुकुलाल सी र आइते सिं घलानको नेतृत्वमा सहयोग हस्तान्तरण गरेको हो ।
नेपाल फलफूल तथा तरकारी व्यापारी संघ हेटौंडामा लोड अनलोड तर्फ कार्यरत मजदुरहरुले संयुक्त रुपमा प्रतिष्ठानलाई कुर्सी सहयोग गरेको हो । आइतबार युनियनले रु. २५,००० बराबरको ३५ थान कुर्सी सहयोग गरेको हो । हेटौंडा-११, सिमलटारमा निर्माणाधीन अवस्थामा रहेको सहिद स्मृति प्रतिष्ठानलाई युनियनले उक्त कुर्सी प्रदान गरेको हो ।
मजदुर युनियनले नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी पेमा सी मार्फत प्रतिष्ठानलाई कुर्सी हस्तान्तरण गरेको छ ।
प्रतिकृया दिनुहोस्
Post Views: 249














