भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

काठमाडौं। भारतको जम्मू-कश्मीरस्थित पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान जाने गरी मंगलबार भएको चरमपन्थी आक्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेका छन् ।

मंगलबार भएको उक्त घटनालाई लिएर ओलीले प्रधानमन्त्री मोदीलाई फोन सम्पर्क गरी जम्मू-कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको कडा निन्दा गरेका हुन् । ओलीले मोदीसँगको फोन संवादका क्रममा बहुमूल्य जीवन गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका काठमाडौंस्थित भारतीय दूतावासले बुधबार जनाएको छ ।

उक्त फोन संवादका क्रममा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एकजना नेपाली नागरिक (सुदीप न्यौपाने) को मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छ्न ।

उनले उक्त क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको पनि ओलीलाई आश्वासन दिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयशवालले उक्त आतंकवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएका पनि मोदीले बताएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

भारतका मोदिसंग प्रधानमन्त्री ओलिको टेलिफोन संबाद

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.