द्वन्द्व पीडित स्वरोजगार तालिम केन्द्रद्वारा २ महिने सिलाई कटाई तालिम सम्पन्न

उर्लाबारी। द्वन्द्व पीडित स्वरोजगार सिपमूलक तालिम केन्द्र उर्लाबारी–७ को आयोजनामा तथा उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने सिलाई कटाई आधारभूत तालिम सम्पन्न भएको छ।

चैत २ गतेदेखि सुरु भई बैशाख १७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा २० जना महिलाहरुले सहभागिता जनाएका थिए। तालिम केन्द्रका सचिव भिम बहादुर राउतका अनुसार तालिममा दुई जना प्रशिक्षकमार्फत सहभागी महिलाहरुलाई सिलाई कटाई सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।

बुधवार उर्लाबारी–७ स्थित स्कुलडाँडामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ की वडा अध्यक्ष उर्मिला थापाद्वारा प्रशिक्षार्थी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रम तालिम केन्द्रका उपाध्यक्ष जनक खडकाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा सदस्य सन्तोष निरौला, स्थानीय समाजसेवी ईश्वरी अधिकारी, सञ्‍चार क्लव नेपालका पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, घनश्याम भण्डारी संचारकर्मी टीका सिम्खडा लगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उर्मिला थापाले महिलाहरुलाई स्वरोजगारमुखी बनाउन यस्ता सिपमूलक तालिम महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउनु भयो । कार्यक्रम संचालन तालिम केन्द्रका सचिव भिम बहादुर राउत गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

द्वन्द्व पीडित स्वरोजगार तालिम केन्द्रद्वारा २ महिने सिलाई कटाई तालिम सम्पन्न

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

द्वन्द्व पीडित स्वरोजगार तालिम केन्द्रद्वारा २ महिने सिलाई कटाई तालिम सम्पन्न

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

द्वन्द्व पीडित स्वरोजगार तालिम केन्द्रद्वारा २ महिने सिलाई कटाई तालिम सम्पन्न

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

द्वन्द्व पीडित स्वरोजगार तालिम केन्द्रद्वारा २ महिने सिलाई कटाई तालिम सम्पन्न

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

द्वन्द्व पीडित स्वरोजगार तालिम केन्द्रद्वारा २ महिने सिलाई कटाई तालिम सम्पन्न

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

द्वन्द्व पीडित स्वरोजगार तालिम केन्द्रद्वारा २ महिने सिलाई कटाई तालिम सम्पन्न

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.