आज १३६ औ श्रमिक दिबस बनाइदै

झापा। आज मे १ अर्थात् १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्। यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ। उक्त आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍याे ।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। नेपालमा पनि विराटनगरमा सन् २००३ सालमा भएको श्रमिक आन्दोलनको सफलता र २००७ सालको परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आज १३६ औ श्रमिक दिबस बनाइदै

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

आज १३६ औ श्रमिक दिबस बनाइदै

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

आज १३६ औ श्रमिक दिबस बनाइदै

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

आज १३६ औ श्रमिक दिबस बनाइदै

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

आज १३६ औ श्रमिक दिबस बनाइदै

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

आज १३६ औ श्रमिक दिबस बनाइदै

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.