पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरेका छन् । मिनाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । निर्माले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । प्लेयर अफ दि म्याच घोषित भएकी देउवाले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
फाइनल प्रवेश गरेको पुलिस क्लब उपाधिका लागि बिहीवार विभागीय टोली एपिएफ र संकटा क्लबबीचको विजेतासँग भिड्नेछन् ।
एपिएफ र संकटाबीचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहोस्
Post Views: 286














