जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

अछाम। जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका २३ वर्षीय मोहन बहादुर चन्दलाई अछाम प्रहरीले पक्राउ गरेको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थायी ठेगाना भएका चन्दलाई अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीका अनुसार चन्दलाई बिहीबार साँझ ५ बजे खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चन्दले परिवर्तित नाम ६९ मंगलसेन–६४ की युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो। घटना भएदेखि नै फरार रहेका उनलाई प्रहरीले अभियुक्त रूपमा खोजिरहेको थियो।

हाल चन्दलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामले जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, र शारीरिक बन्धकसम्बन्धी मुद्दामा फरार रहेका चन्दलाई पक्राउ गर्न सफलता मिलेको बताएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जबरजस्ती करणी,मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त अछाममा पक्राउ

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.