अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

बाजुरा। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रबार बिहान अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको दुःखद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहान करिब साढे ७ बजेतिर ५० वर्षीया काली जैशी घाँस काट्नका लागि सुजारी पाताल सामुदायिक वन गएकी थिइन्।

वनमा घाँस काटिरहेको अवस्थामा अकस्मात भएको विस्फोटमा परी जैशी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उपचारका लागि कोल्टी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इतहाक हावालीले विस्फोटको कारण अझै खुल्न नसकेको जानकारी दिएका छन्। उनले भने, “घटना कसरी भयो र कुन प्रकारको विस्फोटक पदार्थ थियो भन्ने विषयमा अहिले नै केही भन्न सकिने अवस्था छैन। हामी घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौँ।”

प्रहरीले घटनास्थललाई सुरक्षित राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.